काठमाडौं,२९ चैत । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपह्वान ४ बजे बैठक बस्नेछ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगरमा छन्। उनी पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न त्यता पुगेका हुन् । प्रधानमन्त्री काठमाडौं फर्किएपछि बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।