काठमाडौं, वैशाख ७ । आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।