Logo

तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल



काठमाडौं, वैशाख ८ । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ। उक्त खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजेदेखि सुरु हुनेछ ।  शुक्रबार सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित नेपालले आज तेस्रो स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने छ । 

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरबलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुगेको थियो । यूएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हरायो । तर, ओमानसँग ९ विकेटको पराजय सामना गरेको युईले सेमिफाइनलमा नेपाललाई पराजित फाइनलमा पुग्यो । 

गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यो पटक समूह चरणकासबै खेल जितेर पनि सेमिफाइनलमा यूएईसँगै स्तब्ध बन्यो । शुक्रबार सेमिफाइनलको हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसिसी एसिया कप खेल्ने सम्भावनाको ढोका बन्द भएको छ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot