काठमाडौं,१३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन डाकिएको प्रदेश सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले आफ्नो दलले मुख्यमन्त्रीमा दाबी पेश गर्दा नै समर्थन गरेको कारण विश्वासको मत दिने जानकारी गराएकी छन् । कर्णालीमा खड्का एकीकृत समाजवादीकी एक्ली सांसद हुन् ।
चैत २७ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा कँडेल मुख्यमन्त्री नियुक्त भएका थिए ।
सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।
कर्णाली प्रदेश सभामा बहुमत पुर्याउन २१ मत चाहिन्छ।