काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकता पार्टी नेपालबिच एकता हुने भएको छ।
दुई पार्टीबीच भोलि एकता पत्रमा हस्ताक्षर गर्ने सहमति बनेको हो।
पार्टी एकता कार्यक्रम भोलि दिउँसो साढे १२ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा हुने जनाइएको छ। एकतापछि पार्टीको नाम आजपा नै रहनेछ। नेतृत्वमा साहनै हुनेछन् ।