Logo

सुदूरपश्चिममा दुर्घटना हुन लागेको थियो, प्रधानमन्त्रीले लचकता देखाउनुभयोः माधव नेपाल



काठमाडौं, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लचकता देखाएकै कारण सुदूरपश्चिम प्रदेश सरकार दुर्घटनाबाट जोगिएको बताएका छन् ।

आज (शुक्रबार) युवा सङ्घ नेपाल काठमाडौं जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डको लचकताकै कारण सुदूरमा एकीकृत समाजवादीबाट दीर्घ सोडारी मुख्यमन्त्री बनेको बताएका हुन् । उनले अहिले सरकारमा रहेका ६ दलमध्ये साना ठूला जे भएपनि कसैले घमण्ड देखाउन नहुने बताए । एक दलले साथ छोड्दा सरकार भूइँमै पुग्ने उनको टिप्पणी छ ।

उनले सुशासन,सामाजिक न्याय र समानता तथा समृद्धि अहिले मुलुकको आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्