Logo

डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु



डडेल्धुरा, वैशाख १५ । डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा (काँडेदार विरुवा) काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँका दीपकराज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडेर चुुनाराको मृत्यु भएको बताइन्छ। चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्