Logo

श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयन गरः पूर्ण बस्नेत



काठमाडौं, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले श्रम ऐन र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् । १३५ओैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासङ्घले काठमाडौंको टोखास्थित टोखा केब फेमली रेष्टुरेन्टमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले श्रमिकहरुको अवस्था सुधार गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्।

श्रम तथा रोजगारको सुनिश्चितता न्यूनतम् बेतनको सुनिश्चितता र सामाजिक सुरक्षाको सुनिश्चितता, सामाजिक न्यायलगायतका श्रमिकका हकहितमा सबैको ध्यान पुग्नुपर्ने बताए । बस्नेतले श्रमिक दिवसको अवसरमा सबै श्रमजीवीहरुलाई शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्