Logo

पुँजी, प्रविधि र श्रमलाई संस्थाको खम्बाका रुपमा चित्रण गर्दै व्यवसायी पाण्डेले दिए श्रमिक दिवसको शुभकामना



काठमाडौं, १९ वैशाख । युवा व्यवसायी तथा उद्यमी प्रवलजङ्ग पाण्डेले पुँजी, प्रविधि र श्रमको समन्वयविना संस्था सफल नहुने बताएका छन् । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडका अध्यक्ष, लोमस फर्मासिटिकल्स प्रालिका डाइरेक्टर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले १३५औं विश्व श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै पुँजी, प्रविधि र श्रमलाई संस्थाको खम्बाको रुपमा चित्रण गरेका हुन् ।

पाण्डेले जीवन जिउन कुनै न कुनै काम गनुपर्ने बताउँदै हरेक मानिस श्रमिककै रुपमा लिएका छन् । एक आपसमा शुभकामना आदान प्रदान गरी श्रमिक दिवस भव्यतापूर्वक मनाउन पनि उनले आग्रह गरेका छन् ।

‘आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, जीवन जिउन कुनै न कुनै श्रम गर्नु नै पर्छ तसर्थ काम गर्ने हरेक व्यक्ति श्रमिक नै हो । कुनै पनि सस्थाको तीन खम्बा पुँजी , प्रविधि र श्रम । यी तीनको सही मिश्रणबिना कुनै पनि संस्था सफल हुनसक्दैन । हामी सबै श्रमिकले एक आपसमा शुभकामना आदन–प्रदान गरी श्रम दिवस भव्य रुपमा मनाऔं,’– शुभकामना दिँदै उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्