Logo

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु



काठमाडौं, २० वैशाख । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बजेट अधिवेशन आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेको मन्त्रिपरिषद् बैठकको महत्वपूर्ण तीन निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णयहरुः

२०८१ साल वैशाख २८ गते शुक्रबारका दिन अपराहन्न २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

जापानी परराष्ट्रमन्त्री एईएमएस कामिकावा योकोको २०८१ वैशाख २३ गते हुने नेपाल भ्रमणमा दुई पक्षीय वार्ताका लागि नेपाली प्रतिनिधि टोली गठन गरी वार्ताको लागि अख्तियारी दिने ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गर्ने ।



प्रतिक्रिया दिनुहोस्