Logo

मन्त्री बुढाद्वारा मन्त्रालयमा कार्यरत कर्मचारी स्वर्गीय पुष्कर खड्काको परिवारलाई ५० हजार सहयोग



काठमाडौं, २१ बैशाख । शहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयमा कार्यरत कर्मचारी स्वर्गीय पुष्कर खड्काको परिवारलाईरु ५० हजार रुपैयाँ सहयोग गरेका छन । खड्काले केही समय पहिला आत्म हत्या गरेका थिए ।

सहरी विकास मन्त्रालयमा करारमा कार्यरत कार्यालय सहयोगी पुष्कर खड्काको बैशाख १० गते निधन भएको थियो । मन्त्री बुढा सचिव मणीराम गेलालसहित खड्काको परिवार भेट्न निवासमै पुगेको थियो ।

मनोहरा किरिया पुत्री भवनमा पुगेर मन्त्री र सचिवले खड्काका आमा, श्रीमती, भाइ र छोरालाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । स्वर्गीय खड्काको पाँच बर्षको छोरा छन् । उनको शिक्षा दिक्षाको लागि मन्त्री बुढाले सघाउने वचन दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री खड्काले खड्काको अभाव सधैं खड्किने बताएका छन् । सो अवसरमा उनले खड्कालाई इमानदार राष्ट्रसेवक कर्मचारीको रुपमा सम्झिएका थिए ।



प्रतिक्रिया दिनुहोस्