काठमाडौं, २१ वैशाख । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ जना महिला र ५ जना पुरुष रहेका प्रहरीले जनाएको छ ।
भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा आज अपरान्ह ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएका व्यक्तिहरुले त्यहाँ कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ ।
उनीहरू चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको बताइएको छ ।