Logo

चिम्टीका अग्निपीडितलाई राहत



सप्तरी, २२ वैशाख । आगलागीबाट घर नष्ट भएका महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न संघसंस्थाले राहत सामग्री प्रदान गरेका छन् ।

नेपाल मुस्लिम समाज सेवा सप्तरीका उपाध्यक्ष अफरोज आलमका अनुसार सप्तरीले महादेवा गाउँपालिका–१ चिम्टी टोलका अग्निपीडित ६२ परिवारलाई भाँडावर्तनलगायत सामग्री प्रदान गरिएको हो।

नेपाल–भारतमैत्री संघले पीडितलाई १० किलो चामल, दुई किलो दाल र नुन, एक किलो चिनी लुंगी, साडी, तन्ना, झुल, प्रदान गरेको छ।

सप्तरी युथ नेपाल र नुर वेलफेयर सोसाइटीले नियमितरूपमा पीडितलाई भोजनको व्यवस्था गरेको छ । गत मंगलबार महादेवा गाउँपालिका–१ चिम्टीमा आगलागी हुँदा त्यहाँका ६२ परिवारका एक सय १४ वटा घर जलेका थिए ।



प्रतिक्रिया दिनुहोस्