Logo

गुण्डु ७ देखि नयाँ थिमिसम्म भाडाको बस सञ्चालन



भक्तपुर, वैशाख २३ । सुर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुदेखी नयाँ थिमीसम्म भाडाको बस संचालनमा आएको छ ।उक्त ठाउँमा भाडाको बस संचालनमा आउन नसक्दा स्थानीयबासिले आवत जावत गर्न निकै कठिनाई भोग्दै आएका थिए।

लामो समयदेखिको स्थानीयको माग, आवश्यकता र अपरिहार्यतालाई मध्यनजर गर्दै टोलबासीको अनुरोधलाई स्वीकार गरि किबाचोकका यातायात व्यवसायी कृष्ण बहादुर कोजुले सुर्यविनायक नगरपालिका र वडाको समन्वयमा सूर्यविनायक नगरपापदका ७ गुण्डू वडा कार्यालयबाट किबाचोकको भिम स्कुल, बक्रेश्वर चोक,ज्योति मा.वि, मोर्डन स्कुल, हर्षचोक, शंकर स्कुल देखी मध्यपुर हस्पिटल हुँदै थिमीको माइक्रो बस स्टपसम्म बस सेवा शुरु भएको बताए । उक्त बस आधा घण्टाको अन्तरालमा आवतजावत गर्ने गरी सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक बस सेवा सञ्चालनमा आएको खुसियालीमा स्थानीय किवाचोक युवा क्लवद्वारा शनिबार ब्रकेश्वर चोकमा ड्राइभरलाई खादा माला लगाएर स्वागत गरिएको किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापाले जानकारी दिए । उक्त भाडाको बस बक्रेश्वर यातायात समितिद्वारा परिक्षणको रुपमा बैशाख १५ गते देखी संचालनमा आएको हो भने, प्रति व्यक्ति २० देखि २५ रुपैयाँसम्म भाडा कायम गरिएको थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्