काठमाडौं, २६ बैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ । सभापति रामहरि खतिवडाको सभापतित्वमा बसेको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि सहभागी छन् ।
हिजो (मंगलबार) सभामुख देवराज घिमिरेले बोलाएको संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका नेताहरुको बैठकमा रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संसद्को अब बस्ने बैठकमा आफूलाई बोल्न दिइनुपर्ने आग्रह गरेका थिए ।
सदनको बजेट अधिवेशन यही बैशाख २८ गते बस्दैछ । नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । छानबिन समिति नबनाईए सदनको अवरोध जारी नै राख्ने कांग्रेसको अडान छ ।
Photo By: Mukunda Kalikote/ReportersNepal