Logo

तिलोक्तमा नगरप्रमुख खाडद्वारा ‘द वेलनेस जिम’ को उद्घाटन



काठमाडौं, २९ वैशाख । तिलोक्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले मणिग्राममा ‘द वेलनेस जिम’ सेन्टर उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख खाडले शारीरिक रुपमा स्वस्थ्य रहेमात्र मानसिक स्वस्थ्य हु्ने बताए । उनले जीवनशैली सुधार्न ब्यायामशाला उपयोगी हुने बताए । समाजमा विभिन्न उमेर समूहका ब्यक्तिहरुलाई स्वस्थ्य रहनमात्र नभई ब्यवसायिक खेलाडी उत्पादनमा समेत नीजि ब्यायामशालाको योगदान रहँदै आएको बताए । यस्ता कार्यक्रमलाई नगरपालिकाको पनि साथ र सहयोग रहने उनको भनाइ छ ।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रजिअ गणेश अर्यालले फिटनेश समाजलाई सुन्दर बनाउने पेशाका रुपमा रहेको बताए । यो आनीबानी र रुचिको विषयका रुपमा ब्यायामशालालाई जोड्ने गरि अभियान चलाउन जरुरी रहेको उनको भनाइ छ ।

यसैगरी, देवदह भुलुहीस्थित कामधेनु गौशालाका संरक्षक गोब्रती महाराज सोमराजले मानव जिवन स्वास्थ्य राख्नु सबैभन्दा चुनौती देखिएको बताए । उनले स्वस्थ्य रहन नियमित ब्यायाम आबश्यक रहेको र आहार बिहारलाई समेत ख्याल गर्नुपर्ने बताए । ब्याम नहुदा मानिसहरुमा मोटोपना लगायतका धेरै रोगहरुको समस्या उत्पन्न भैरहेको उनको भनाइ छ ।

कार्यक्रमको अध्यक्षता गरेका ब्यायामशालाका संरक्षक मुक्तिप्रसाद पाण्डेले सबै उमेर समुहलाई स्वस्थ्य राख्न ब्यायामको महत्व हुने बताए । उनले जिमको नामअनुसार नै प्रतिष्ठित कम्पनीका सामग्रीहरु राखिएको जानकारी दिए । ब्यायामशाला करीब ७५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको बताइएको छ । रोग लाग्नभन्दा अघि नै सचेत हुन जरुरी रहेको भन्दै ब्यायामशाला खेलाडी उत्पादनमा समेत सहयोग मिल्ने बिश्वास रहेको पाण्डे बताए ।

कार्यक्रममा नवलपरासी जिल्लाका अदालतका न्यायाधिश ईश्वरी भण्डारी, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलको पूर्बसचेतक निर्मला क्षेत्री, नेकपा (एमाले) का नेता दधिराम न्यौपाने, पूर्वनगरप्रमुख हिरा केसी, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री, राममणी क्याम्म्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, पूर्वक्याम्पस प्रमुख मोहनराज शर्मा, तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष नेत्र प्रसाद बेल्बासे, साहित्यकार मुरारी पराजुलीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्