काठमाडौं, ३० वैशाख । रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष तथा नेपाली समाज टेक्ससका पूर्वमहासचिव सन्देश उप्रेतीलाई पितृशोक परेको छ । रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष उप्रेतीका बुबा लयप्रसाद उप्रेतीको ५९ वर्षको उमेरमा वैशाख १२ गते झापास्थित घरमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका उप्रेती नेपालमै उपचार गराईरहेका थिए । उनी लामो समयदेखि राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय थिए । उनको असामयिक निधन र आज १३ औँ दिनको पुण्यतिथिको अवसरमा रिपोर्टर्स क्लब नेपाल परिवारले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
यस दुःखद् घडीमा अमेरिका शाखाका अध्यक्ष उप्रेती र उप्रेतीमा परिवारप्रति सम्पूर्ण रिपोर्टर्स क्लब नेपाल परिवार साथमा रहेको समेत जानकारी गराउँदछौं।