घोडाघोडी (कैलाली), ३१ वैशाख । पछिल्लो समय कैलालीमा क्रिकेट, फुटबललगायत खेलकुदका प्रतियोगिताहरू आयोजना हुन थालेका छन् । विभिन्न समयमा यसरी जिल्लामा खेल प्रतियोगिता हुन थालेसँगै युवामा खेलप्रति आकर्षण बढ्दै गएको छ ।
ठूला धनराशिका खेलहरु आयोजना हुुने कैलालीमा यतिबेला घोडाघोडी नगरपालिकामा ‘जिल्ला लिग फुटबल’ प्रतियोगिता भइरहेको छ । जिल्ला लिग फुटबल सङ्का अध्यक्ष अनिल मल्लले फुटबल खेल र खेलाडीको निरन्तर विकासका लागि प्रतियोगिता हुँदै आएको बताए । उनले यस्ता प्रतियोगिताले खेलकुदको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवाका लागि अवसर र उत्प्रेरणा पुग्ने विश्वास लिइएको बताए ।
धार्मिक र पर्यापर्यटनका दृष्टिले महत्वपूणृ रहेको घोडाघोडीको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसारमा यो प्रतियोगिताले थप सहयोग पुग्ने घोडाघोडी नगरपालिकाका प्रमुुख खड्क रावतले बताए । पछिल्लो समय युुवाहरु लागुऔषध दुुव्र्यसनीमा फसिरहेकामा चिन्ता व्यक्त गर्दै उनले भने, “युवाहरुलाई खेलकुदमा लाग्ने उत्पे्ररणा दिन सके दुुव्र्यसनी न्यूनीकरण भई स्वस्थ र भयरहित समाजको निर्माणमा टेवा पुग्छ ।”
एक पछि अर्को प्रतियोगिता आयोजना हुुने कैलालीमा गत फागुुनमा गौरीगङ्गा गोल्डकप सम्पन्न भएको थियो । सो प्रतियोगिताको मुख्य उद्देश्य योग्य र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने र युवालाई खेल क्षेत्रसँगै जोडिराख्ने रहेको थियो ।
गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले खेलकुदको विकासका लागि रङ्गशाला निर्माणमा जोड दिनुपर्ने बताए । “हामीले निरन्तर रुपमा फुटबल प्रतियोगिता गरिरहेका छौँ । युवाहरुको खेलकुदप्रति निकै आकर्षण हुनुका साथै खेलको वातावरण पनि बन्दै गएको छ”, उनले भने, “खेल अभ्यासका लागि यहाँ रङ्गशाला नहुँदा खेलकुदमा लाग्न चाहनेलाई समस्या भइरहेको छ । खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि सर्वप्रथम राम्रो खेलमैदान चाहिन्छ ।”
कैलालीको धनगढीमा गत मङ्सिरमा लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना भयो । यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो टेवा पुगिरहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । “हामीले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताले धेरै खेलाडी उत्पादन भएका छन्”, उनले भने, “भुइँबाट उठेका खेलाडी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।” उनका अनुसार सरकारले खेल क्षेत्रमा लगानी बढाउन सके कैलालीबाट उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छन् ।
“कैलालीका गाउँगाउँमा योग्य खेलाडी छन् । उनीहरुले अवसर पाउन सकेका छैनन्”, हाल राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीको स्मरण गर्दै अध्यक्ष शाहीले भने, “सुदूरपश्चिममा सरकारले खेलकुदका क्षेत्रमा लगानी बढाउन सके भविष्यमा अझ योग्य खेलाडीहरु जन्मिन्छन् ।”
जिल्लामा क्रिकेटभन्दा धेरै फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । प्रत्येक वर्ष ठूला धनराशिका चार वटा र साना प्रतियोगिता १० भन्दाबढी आयोजना हुने गरेका छन् ।
खप्तड गोल्ड कप, फारवेस्ट पशुपति कप, गौरीगङ्गा गोल्डकप, पालिकास्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताले कैलालीमा फुटबलको ‘क्रेज’ बढाउन अझै मद्दत गर्दै आएको छ । छैटौँ फारवेष्ट पशुपति कप २०८० र बर्दगोरियामा सम्पन्न प्रथम मुख्यमन्त्री पालिकास्तरिय फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको फारवेष्ट पशुपति कपका आयोजक खेम रावतले बताए । सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिइ लगानी बढाउन सके कैलालीबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन हुन सक्ने उनको भनाइ छ ।
रावतकै कप्तानीमा विसं २०६८ मा धनगढीमा आयोजित छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबलतर्फ सुदूरपश्चिमले स्वर्णपदक जितेको थियो । सर्वाधिक धनराशीको खप्तड गोल्ड कप प्रतियोगिता भने यस वर्ष हुुन सकेन ।
प्रदेशमा आयोजना हुने ठूला साना सबै प्रतियोगितामा दर्शकको उपस्थिति निकै उत्साहजनक हुने आयोजकको भनाइ छ । आम नागरिकमा खेलप्रति बढेको रुचीले खेलाडीहरू पनि उत्साहित भएका छन् । खेलमा युवाको आकर्षण बढेसँगै खेलकुदका संरचना र खेल क्षेत्रमा राज्यको लगानीको कमी हुँदा खेलाडीलाई हतोत्साहित बनाउने गरेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले उक्त समस्या समाधानमा लागि ‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’ भन्ने कार्यक्रम ल्याइएको बताए । खेलाडीलाई अगाडि बढाउने दायित्व स्थानीय तहको पनि भएकाले पालिकाले स्थानीय तहमा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्नुुपर्नेमा उनले जोड दिए ।
खेल शारीरिक, मानसिक स्वास्थ्य र अनुशासित जीवनशैलीसँ जोडिएकाले युुवालाई खेलमार्फत अगाडि बढाउनसके स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने सचिव सिंहको भनाइ छ । “पछिल्लो समयमा युुवा कि मोबाइल, नभए लागुुपदार्थ दुुव्र्यसनीमा फसिरहेका छन् । युुवालाई यस्ता कुुलतबाट जोगाउनु हामी सबैको दायित्व हो”, उनले भने, “उनीहरुलाई खेलकुुदमा पे्ररित गर्न स्थानीय तहलगायत सबैले आआफ्नो तर्फबाट जोड दिनुपर्छ ।”
हरेक स्थानीय तहले कम्तीमा एक खेलमैदान र एक खेल प्रशिक्षकको व्यवस्था गर्नसके खेलमा रुची भएका योग्य खेलाडि मुलुकले पाउने सचिव सिंहले बताए । अभ्यास गर्ने स्थान र सिकाउने प्रशिक्षकको व्यवस्था गर्न सके गाउँगाउँमा रहेका खेलाडीको पहिचान, निरन्तर अभ्यास र उत्कृष्ट खेलाडी छनोटमा सहयोग पुग्ने उनको भनाइ छ । रासस