काठमाडौं, ३१ वैशाख । कान्ति बाल अस्पतालका अध्यक्ष डा.बाबुराम गौतमले आफूहरु स्रोत सुनिश्चितताको पर्खाइमा रहेको बताएका छन् ।
उनले कान्ति बाल अस्पताललाई एक हजार शैयाको राष्ट्रिय गौरवको विशिष्टकृत बाल अस्पताल तथा बाल स्वास्थ्य अध्ययन संस्थानको रुपमा विकास गर्न प्रस्तावित गुरुयोजना (डीपीआर) तयार भई स्रोत सुनिश्चितताको पर्खाइमा रहको बताएका हुन् ।
अध्यक्ष डा. गौतमले स्वास्थ्य तथा जसंख्या मन्त्रालयबाट सहयोगी दातृ निकायहरुको समेत सहयोग जुटाई स्रोत सुनिश्चित हुनेमा विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
नेपाल सरकारको स्वामित्वमा रही ६२ वर्षको इतिहास रचेको देशको एकमात्र कान्ति बाल अस्पताल १००० शैयाको राष्ट्रिय गौरवको विशिष्टकृत बाल अस्पताल तथा बाल स्वास्थ्य अध्ययन संस्थानको रुपमा विकास गर्न प्रस्तावित गुरु योजना तयार भर्इ स्रोत सुनिश्चितताको पर्खाइमा रहेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयबाट सहयोगी दातृ निकायहरुको समेत सहयोग जुटाई स्रोत सुनिश्चित हुने छ भन्ने मा पूर्ण विश्वास गरिएको छ ।