Logo

आजपाको आम सम्पर्क मञ्च र भन्सार विभागबीच ६ बुँदे सहमति



काठमाडौं, २ जेठ । आम जनता पार्टीनिकट आम सम्पर्क मञ्चको राजश्व सुधार समिति र भन्सार विभागबीच ६ बुँदे सहमति भएको छ । भन्सार ऐनमा लुटकारी प्रावधान राखिएको भन्दै ती प्रावधान हटाउनका लागि आम सम्पर्क मञ्च महिनौंदेखि आन्दोलनरत थियो ।

उनीहरुले भन्सार नियमावलीमा व्यवस्था रहेको पुरस्कार सम्बन्धी प्रावधान हटाउन पर्ने, कार कानुन, राजश्व कानुन तथा भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति पक्राउ गर्ने, सवारी साधन तथा सम्पत्ति जफत गर्ने प्रवधान हटाउन पर्ने, भन्सार कार्यालयबाट उठेको राजश्वमध्ये २५ प्रतिशत सम्बन्धित प्रदेश र २० प्रतिशत सम्बन्धित स्थानीय तहमा पठाउन पर्ने व्यवस्था गरिनुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्ः आजपाका नेता र भन्सार विभागका अधिकारीबीच आजपनि वार्ता

भन्सार कार्यालय र संघर्षरत समितिबीच आज भएको छलफलमा भन्सार विभागका महानिर्देशक ढुण्डिप्रसाद निरौला, उपमहानिर्देशकद्वय टङ्कप्रसाद पाण्डेय, रमेश अर्याल र निर्देशक पुण्डविक्रम खड्का सहभागी थिए ।

संघर्ष समितिको तर्फबाट आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, आजपाका उपमहासचिव तथा प्रवक्ता चन्द्रभुषण साह, राजस्व सुधार संघर्ष समिति संयोजक रञ्जुकुमारी साह, आम सम्पर्क मञ्चका उपाध्यक्ष देवेन्द्र ठाकुर र आम सम्पर्क मञ्चका मधेश प्रदेश अध्यक्ष उपेन्द्र साह सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्