Logo

मुडभेठतर्फ धकेलियो संसद्, ओलीमाथि जाइलाग्यो कांग्रेस



काठमाडौं, ३ जेठ । संसद् मुडभेठतर्फ धेकेलिएको छ । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेका छन् ।

सो क्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो । कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ ओलीमाथि खनिए । उनले ओलीमाथि दुर्व्यवहार गर्नसमेत भ्याए ।

सदाझैं कांग्रेसले आज पनि सदन अवरोध जारी राख्यो । सदनमा कांग्रेसका सांसदहरुले ‘संसद्मा सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर, संसदीय मर्यादा कायम गर’ लागयतका नारा लगाए ।

सो क्रममा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त भएका दुई वटा पत्र पढेर सुनाए । आक्रमक रुपमा प्रस्तुत भएको कांग्रेस अन्ततः भौतिक आक्रमको प्रयासमा समेत उत्रियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot