Logo

७ सांसदले विश्वासको मत दिईसके, अदालतको आदेश कुर्दै उपेन्द्र



काठमाडौं । पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका जसपाका अध्यक्ष अशोक राईसहितका ७ जना सांसदलाई प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा सामेल नगराउन माग गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटमा आज पेशी परेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो पेशी तोकिएको छ। तर, उक्त रिटमाथि आज सुनुवाईको संभावना भने ज्यादै कम देखिएको छ । यादवको भन्दा माथि अझै ५ जनाको पेशी रहेको हुँदा आज सुनुवाईको सम्भावना रहेको हो ।

त्यसोत यादवले राईसहित रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान, सु्शीला श्रेष्ठ, प्रदीप यादव र नवलकिशोर साह सुडीलाई प्रधानमन्त्तीले लिने विश्वासको मतमाथिको कार्यक्रममा रोक लगाउन माग गरेका थिए । तर, राईसहितका सातै जना सांसदले प्रचण्डलाई विश्वासको मत दिईसकेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा राईसहितका ७ जना सांसदसमेतको गरेर प्रचण्डले १५७ जनाको मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्