काठमाडौं, १८ जेठ । सहकारीको बचत अपचलन गरेको अभियोगमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालकसमेत हुन् ।
लामासहितको समूहले कान्तिपुर सेभिङ्गमा बचतकर्ताले जम्मा गरेको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । कान्तिपुर सेभिङ्ग वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ परिसकेका छन् ।