काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सिंगापुर भ्रमण रद्द गरेका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो ।
सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन जाने उनले स्वीकृति मागेका थिए । जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको उक्त समिटमा भाग लिन जान मन्त्रिपरिषद्ले हिजोमात्रै स्वीकृति दिएको थियो ।