काठमाडौं, जेठ १९ । काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घन्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।
त्यस्तै, ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ।