Logo

प्रतिनिधि सभाको बैठक सुरू, बजेटमाथि छलफल हुने (लाईभ)



काठमाडौं, जेठ २० । संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । यसअघि शनिबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटमा रहेका कमीकमजोरी औल्याउन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सरकारले परामर्ष नगरी बजेट प्रस्तुत गरेको भन्दै बजेटमा महत्वपूर्ण विषयहरु छुटेको र कतिपय अवस्थामा सन्तुलित पनि नभएको भन्दै छलफलमा नमिलेका कुराहरु उठाउन एमाले सांसदहरुलाई निर्देशन दिएका हुन् । नेकपा माओवादी संसदीयदलको पनि शुक्रबार नै बैठक बसेर बजेट माथिको छलफल प्रभावकारी बनाउन निर्देशन भैसकेको छ ।

संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१-८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। आजदेखि सोही बजेट माथिको छलफल प्रारम्भ गर्न बैठक बोलाइएको हो ।



प्रतिक्रिया दिनुहोस्