काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट एक सय १५ जना महाविधेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन समितिले प्रदेश समिति, थरुहट राष्ट्रिय समिति, जिल्ला समिति र निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरु निर्वाचित गरेको हो ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेत दाङ क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै, पार्टीका लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक यादवसहित पाँचजना लुम्बिनी प्रदेश समितिबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।