Logo

हाफ पाइन्ट लगाउनेलाई सिंहदरबार छिर्न नदिएको भन्दै सांसद न्यौपानेको आपत्ति



काठमाडौं,२० जेठ । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले सिंहदरबार प्रवेशमा नागरिक र नेताहरुमा फरक व्यवहार गरिएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसकी पूर्व प्रमुख सचेतकसमेत रहेकी न्यौपानेले नागरिक र नेताहरुमा पोशाक समान हुनुपर्नेमा जोड दिईन् ।

सांसद न्यौपानेले सांसदले जुन पोशाक लगाएपनि हुने तर, नागरिकले सिंहदरबार छिर्न र संसद् बैठक हेर्न जान हाफ पाईन्ट र चपल लगाएर जान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । ‘जनताहरू काठमाडौंसम्म आइपुग्न पनि गाह्रो हुन्छ। बल्ल काठमाडौं आएका जनता संसद भवन हेर्न पनि चाहन्छन्। संसद भवनमा आएर माथि जान लाग्दा रोकिन्छ, कारण के हो मैले बुझ्न सकिनँ। त्यसपछि मैले सोधे किन उहाँहरूलाई माथि जानबाट रोकियोरु,’ उनले भनिन्, ‘खुट्टामा चप्पल लगाएका छन् त्यसकारण माथि जान पाउँदैनन् भनियो। सरकारको नियम होला भनेर मनमा दबाएर राखेँ।’

सांसद न्यौपानेले गात साता आफूसँग सिंहदरबार गएका एक जना नागरिकलाई सिंहदरबा प्रवेशमका रोक लगाएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताईन् । ‘अस्ति एक भाइको मोटरसाइकलमा सिंहदरबार गएँ। गेटमा आइडी देखाएँ। तर पछि प्रहरी दगुर्दै मेरो पछिपछि आइराखेपछि मैले बाइक रोक्न भने र उत्रिएँ। किन दौडिएको म सांसद हुँ, आइडी देखाएर आएको हुँ,’ उनले भनिन्, ‘माननीयज्यू तपाईंलाई होइन बाइक चलाउने भाइलाई रोकेको भन्नुभयो। किन भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ जान पाउँदैन भनियो।’



प्रतिक्रिया दिनुहोस्