Logo

गगनलाई रास्वपाको जवाफ: कुनैपनि विकल्प नभएर राजनीतिमा आएका होइनौं, बालमन्दिर र टीकापुरपछि गिरीबन्धुको फाइल खोल्छौं



काठमाडौं,२० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आफूहरु कुनैपनि विकल्प नदेखेर राजनीतिमा नहोमिएको प्रष्ट पारेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रास्वपाका सहप्रवक्तासमेत रहेका झाले पुराना दलले कुनैपनि विकल्प नदेखेर राजनीतिमा आएको भाष्य निर्माण गराएको भन्दै आफूहरु प्रसस्तै विकल्प छाडेर राजनीतिमा होमीएको बताए ।

‘हामी राजनीतिमा आएको २३ महिना भयो । सदनमा आएको १७ महिना भयो । सरकारमा आएको २ पटक गरेर १२२ दिन भयो । तर, अहिले केही दल र दलका केही अग्रजहरुले सबै तिमीहरुले नै बिगार्यौ भन्दै आफू पन्छिने प्रयास गर्नु भएको छ ।सदनमै देखिन्छ । आज पनि देखियो । हामीभन्दा लगभग २६ हजार ९ सय ३४ दिन जेठो पार्टीलाई तिमीहरुले नै सबजेचिज बिगारेउ हामी सर्पान आएका हौं भनेका छैनौ । उहाँहरुले राजनीतिमा केही राम्रो गर्दिनु भएको थियो ।उहाँहरुले संघर्ष गर्नुभयो । उहाँहरुले परिवर्तनको प्रासहरु गर्नुभयो । त्यस्कैवापत आज हामी यो सदनमा छौं । त्यो गर्नुभएको मा धन्यवाद पनि छ’ उनले भने ।

सांसद झाले जेल बसेको र बागबजारमा टायर बालेकै भरमा राजनीति गर्न आफूहरुले नचाहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापालक्षित गर्दै भने ‘केही राजनीति अग्रजहरुले बोलेको सुनेका छौं । सबै परिवर्तनको क्रेडिट लिने राजनीति गर्नु हुँदैन । यो २३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझन बाँकी छ । प्रयासहरु गरिरहेका छौं । हामी केही विकल्प भएर राजनीतिमा आएका होईनौं । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यतिदिन बस्यौं । बागबजारमा यतिदिन टायर बाल्यौं । भन्ने आधारमै राजनीतिमा उभिएका छैनौं । हामीसँग अरु धेरै आधारहरु छन् । केही गर्न आएकै छौं । केही गर्ने प्रयास गरेकै छौं । सदन खुलेको छ । सदन ख्लिरहँदा मधेश र चुरे दोहन भईरहेको छ । यो चिन्ता यत्रोदिन कहाँ गएको थियो ।देशभर डंडेलोले नागरिक आक्रान्त थिए ।हामी बोल्न चाहान्थ्यौं । हामीलाई बोल्न दिईएन । प्रतिपक्षी दलको चिन्ता त्योबेला कहाँ थियो । उहाँहरु आज आएर सबै चिन्ता देखाउँदै हुनुहुन्छ । अर्कोकुरा संसदीय समति नबनाउ हामीले भनेका थिएनौं । हामीले सर्तसहित संसदीय छानबिन समिति बनाउन तयार छौं भनेका थियौं । त्यहि भयो ।

उनले ०५४ सालमा पहलिो पटक बनेको संसदीय समितिदेखि अहिले बनेको संसदीय समितिमा समेत कुनै पनि व्यक्तिको नाम उल्लेख नभएको भन्दै यसबारेमा आफ्नो पार्टीको अडान रहेको प्रष्ट पारे । ‘ यस सदनमा बोलिरहँदा केही प्रश्नको जवाफ दिनैपर्छ । हामीले सरकारमा गएपछि बालमन्दिरको जग्गा प्रकरणको छानबिन गयौं । भुटानी शरणार्थीबारे फेरि छानबिन थाल्छौं । टीकापुरको जग्गा खोज्दैछौं । र गिरीबन्धुको पनि फाइन खोल्न चाहान्छौं । धैर्य गर्नुहोस्’ ।



प्रतिक्रिया दिनुहोस्