काठमाडौं, २० जेठ । सांगितिक कार्यक्रमको लागि गायिका समिक्षा अधिकारी यतिवेला अष्ट्रेलियामा छिन् । गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको निम्तो मान्न पुगेकी गायिका अधिकारी विभिन्न कार्यक्रममा व्यस्त छिन् । उनी डार्विनमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भैसकेकी छिन् । त्यहाँ उनले आफ्ना गीत प्रस्तुत गरेकी थिईन् ।
समिक्षाको अष्ट्रेलिया बसाई अझै लम्बिने बताईएको छ । पछिल्लो समय समिक्षाको देश तथा विदेशमा सांगितिक कार्यक्रमको डिमाण्ड बढिरहेको छ । उनी यसअघि जापानको कार्यक्रममा सरिक भएकी थिईन् ।
पछिल्लो समय उनले गाएको ‘बोक्सीको घर’ को शीर्ष गीत ‘बुझिनँ मैले’ बोलको गीत सर्वाधिक रुचाईएको छ । यो गीत करोड क्लबमा पुगिसकेको छ । अष्ट्रेलिया बसाईको क्रममा उनले घुमघामलाई पनि प्राथमिकतामा दिएकी छिन् ।