Logo

बजेटबारे एकै दिनमा फेरियो ओलीको बोली



काठमाडौं, २० जेठ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटप्रति आफूहरुको असन्तुष्टि रहेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन् । हिजो (शनिबार) संसदीय दलको बैठकमा ओलीले बजेट अलिक बढि माओवादीतर्फ ढल्किएको आरोप लगाएका थिए ।

उनले बजेटमाथिको छलफलमा भाग लिँदा आलोचनात्मक चेतसहित उपस्थित हुन सा.स्दहरुलाई निर्देशन दिएका थिए । तर, एक दिन नबित्दै ओलीको बोली फेरिएको छ । उनले बेटप्रति असन्तुष्टि नरहेको बरु आफूहरुसँग छलफल गरेर ल्याएको भए अझै राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए ।

संसद् बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो ।’ बजेटमाथि आजबाट छलफल सुरु भएको छ । बजेटमाथिको छलफल दुई दिनसम्म लगातार चल्ने जनाईएको छ । आजै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot