काठमाडौं, जेठ २१। साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा सामाजिक सञ्जाल अभियान्ता तारा बराल पक्राउ परेकी छिन्। बराललाई आइबतार बबरमहलबाट साइबर ब्यूरोले पक्राउ गरेको हो।
विभिन्न व्यक्तिहरुको अडियो स्वरांकन गरी र गर्न लगाई बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको, चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको कसुरमा बराललाई पक्राउ गरिएको हो।
आफूलाई तारा बराल लगायतका समूहले बारम्बार बार्गेनिङ गरेको भन्दै एक पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। ति पीडितका सम्बन्धमा नक्कली अडियो तयार पारी स्वरांकन गरिएको र सोही अडियोका आधारमा ब्ल्याकमेलिङ गरिएको भन्दै उजुरी परेपछि बराललाई पक्राउ गरिएको हो।
भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ ।
बराललाई आइतबार नै काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । साइबर ब्यूरोले अनुसन्धानका लागि १० दिनको समय माग गरेको थियो ।