Logo

कोशी प्रदेश सभा बैठकमा सहभागी हुने कांग्रेसको निर्णय



काठमाडौं,२१ जेठ । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश सभाको बैठकमा सहभागी हुने निर्णय गरेको छ ।

आज बसेको प्रदेश संसदीय दलको बैठकले आजबाट सुरु हुने प्रदेश सभाको बैठकमा सामेल ुने निाणर््य गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । कोशी सरकार गठनविरु४ अदालतमा पुगेको कांग्रेस त्यसपछिका कुनैपनि बैठकमा सामेल भएको थिएन् । तर, अदालतको निर्णय आउन ढिला हुने भएपछि प्रदेश सभामा उपस्थित हुने निर्णय लिएको थापाले जानकारी दिए ।

‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा जनताको जनजीविकाको सवालहरू प्रदेश सभा मार्फत सम्बोधन गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै प्रदेशको विकास निर्माण र सम्वृद्धिका लागि सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेट जनहितमा छ, छैन भनी खबरदारी गर्नुपर्ने महत्त्वपूर्ण सवाल र समयलाई समेत आत्मासाथ गर्दै दल प्रस्तुत हुनुपर्ने ठहर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अदालतमा विचाराधीन मुद्दामा दलले प्रस्तुत गर्दै आएको धारणा र दृष्टिकोणलाई कानुनी आधारमा पुष्टि गर्ने दृढ सङ्कल्पका साथ संसदीय पद्धति र प्रणालीबाट नै समस्याको समाधान खोज्ने र जनताका आवाजहरू मुखरित गर्ने निष्कर्ष निकाल्दै प्रदेशसभा बैठकमा सहभागी हुने निर्णय गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्