काठमाडौं, २१ जेठ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा बस्दै आएकी जानुका बन्जराले भारतीय सेनाका अवकाशप्राप्त सुवेदार गोवद्र्धन बगाले र उनको परिवारले आफूलाई झुक्काएर ठगी गरेको आरोप लगाएकी छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गोवद्र्धनसहित उनका परिवारका सदस्यहरु शशिकला, राजिन र सोवीरसहितले आफूसँग २५ लाख पैसा लिएर अहिले लिएको होईन भनिरहेको बताएकी हुन् ।
जानुकाका अनुसार गोवद्र्धनसहितले पैसा लिँदा कपाली तमासुक गरिदिएका छन् । तर, उक्त कपाली तमासुक वडा कार्यालयमा रजिष्टे«सन गर्नुपर्ने प्रक्रिया आफूलाई थाहा नहुँदा अहिले समस्यामा परेको उनले बताईन् ।
टोखा नगरपालिका–८ बानियाटार घर भएका गोवद्र्धनको परिवारले एक महिनाको लागि भनेर उनीसँग उक्त रकम ऋण लिएका थिए । अहिले पैसा फिर्ता माग्दा उल्टै धाक, धम्की दिने गरेको जानुकाको भनाइ छ ।
वडा कार्यालयमा उक्त तमासुक रजिष्ट्रेसन गर्नुपर्छ भन्ने आफूलाई पहिला थाहा नभएको उनले बताईन् । अहिले वडाले पनि दुई पक्ष नभई रजिष्ट्रेसन गर्न नमिल्ने भनिरहेको र प्रहरी प्रशासनले पनि आफूलाई सहयोग नगरेको उनले बताईन् ।