Logo

एमाले सुदूर सरकारमा सहभागी नभएसम्म एकीकृत समाजवादी मधेशबाट नबाहिरिने



काठमाडौं, २१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता नपाएसम्म नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट नबाहिरिने भएको छ । आज (सोमबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकमा प्रदेश सरकारका बारेमा व्यापक छलफल भएको थियो । सो क्रममा शीर्ष नेताहरुले सुदूर सरकारले पूर्णता नपाएसम्म मधेश सरकारबाट बाहिरिन नहुने निश्कर्ष निकालेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले समग्रतामा समस्याको समाधान खोजौं भनेपनि एमालेले कुनै घटना विशेषलाई जोडेर कुरा गरिरहेको बताए । सुदूर सरकारले पूर्णता नपाएसम्म मधेशको कु्रा नमिल्ने उनले भनाइ छ ।

रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने, समग्रतामा समस्या समाधान गरौं भन्ने हाम्रो प्रस्ताव छ । उहाँहरु कुनै घटना विशेषमा केन्द्रीत भएर मधेशका कुरा गर्नुहुन्छ । सुदूरपश्चिम सरकारलाई एमालेले पूर्णता दिन चाहेन । दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउनै चाहेको थिएन । मुख्यमन्त्री बनायो, मन्त्री पठाएन । बजेटको काम गर्न गाह्रो भएको छ । त्यो विषयमा कुरा नगरी मधेशको मात्रै कुरा गरेपछि त कुरा मिल्दैन,’– खतिवडाले भने ।



प्रतिक्रिया दिनुहोस्