काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले प्रतिनिधि सभाको सदनको बैठकमा दुईवटा घडि रहेको र दुवैको समय फरक फरक परेको भन्दै सच्याउन आग्रह गरेका छन् । आज बसेको सदनको बैठकमा पाण्डेले यसतर्फ ध्यान दिएर सुधार गर्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै माओवादी केन्द्रका प्रुमख सचेतसमेत रहेका पाण्डेले भने, ‘सबैभन्दा पहिले सदनका सभामा भएका दुइटा घडीका समय फरक(फरक देखिइरहिएको छ। यसलाई सुधार्नका लागि म आग्रह गर्दछु।’
पाण्डेले कुन घडीमा कति समय देखाएको छ भन्ने खुलाएनन्।
माओवादीका मुख्यसचेतक समेत रहेका पाण्डेले यसो भन्दा सांसदहरूले हलभित्र राखिएका दुइटा घडी हेर्दै मुसुमुसु हाँसेका थिए।