Logo

प्रधानमन्त्री उथलपुथलमा लाग्दा विकास हुन सकेनः मुख्यमन्त्री यादव



काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उथलपुथलका कारण देशले संघीयता गुमाउन सक्ने बताएका छन् । आज (बुधबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री स्वयं उथलपुथलमा लाग्दा देशमा विकास हुन नसकेको बताए । उनले देशको शान्ति सुरक्षा व्यवस्थापनको जिम्म सरकारको भएपनि प्रधानमन्त्री आफैं उथलपुथलमा लागेको भन्दै आलोचना गरे ।

‘जुन देशका प्रधानमन्त्रीले आफैं भन्नुहुन्छ म उथलपुथल गर्न आएको छु, जहिले पनि उथलपुथल गर्दिन्छु, त्यो देशमा विकास हुन्छ ? शान्ति व्यवस्था गर्ने प्रधानमन्त्रीको जिम्मेवारी हो । उहाँ आफैं भन्नुहुन्छ म उथलपुथल गर्न आएको छु । त्यही उथलपुथलको कारण देशले संघीयता गुमाउने हो,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले प्रदेशलाई अधिकार दिने कुरामा कुनै चासो नदिएको उनको आरोप छ । संघीयता र विकासको सवालमा जसपा नेपालले प्रदेश सरकारलाई सधैं सहयोग गर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्