काठमाडौं, जेठ २४ । बढ्दो सूचना, प्रविधिको विकासबारे जानकारी दिने उद्देश्यले थापाथली क्याम्पसमा सुचना प्रविधि (आइटी) मेलाको आयोजना हुन लागेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) थापाथली र कोड फर चेन्ज नामक आइटी कम्पनीको सयुक्त आयोजनामा यहि असार १ गते एकदिने सुचना प्रविधि मेलाको आयोजना हुन लागेको हो । थापाथली क्याम्पस स्ववियु सभापति पुस्कर बिक्रम शाहीका अनुसार सूचना, सञ्चार तथा प्रविधि सम्बन्धित जानकारी दिने उदेश्यले मेलाको आयोजना गर्न लागिएको हो ।
उनले भने, “सूचना, प्रविधिको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलाबाट सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहाने युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।”
उनले मेलामा आइटी कम्पनीमार्फत ५० जना विद्यार्थीलाई इन्टर्नशिप प्रदान गरिने र १४ जना भन्दा बढी विद्यार्थीलाई सम्बन्धित आइटी कोर्समा निःशुल्क छात्रवृती प्रदान गरिने जानकारी दिए ।
त्यस्तै, मेलामार्फत १२ कक्षा उत्तिर्ण दुई सय विद्यार्थीलाई भोलेन्टियरको रुपमा निःशुल्क आइटी सम्बन्धी तालिम प्रदान गरिने उनको भनाई छ । विकसित नयाँ सुचना प्रविधिसम्बन्धि जानकारीका साथै आइटीले गर्दा हरेक कामको सहजताका लागि वरदान भए पनि यसलाई सकारात्मक तवरले चलाउने विषयमा जानकारी दिने उदेश्यले मेलामा प्यानल डिस्कसनको समेत व्यवस्था गरिएकाले सुचना र प्रविधिको विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि मेला निकै उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
प्रसुमा रावलले सहजिकरण गर्ने प्यानल डिस्कसनमा कोड हिमालयका सिइओ स्मरण दुवाडी, गल्ली म्याप्सका सिइओ राजबिक्रम महर्जन, डब्लुएल आइटीका सह–संस्थापक नशाला जोशी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शुर्वण शाक्यले सुचना प्रविधिको विषयमा आफ्नो महत्वपूर्ण धारणा र ज्ञान बाड्नेछन् । मेलामा हाइपर्सका सिइओ विप्लव कार्की र सिटिओ किङ्गस्ले एयर अमेरिकाका सह–संस्थापक मेन्जले आफ्नो प्रस्तुती दिनेछन् ।
मेलाका मुख्य आकर्षणहरु
-IT company will be providing internship to around 50 students -14 plus two students will get free scholarship in IT related courses. -200 selected +2 graduated will get chance to volunteer in Mega event where they will get IT trainings for free. -pannel discussion will be moderated by prasuma rawal ma’am pannelist are: Ismaran Duwadi(CEO code Himalaya) Raj bikram Maharjan(CEO galli Maps) Nashala joshi(Co-Founder WLIT) Subarna Shakya(TU professor) and one from the AI community will be fixed. -speech from Biplab karki (CEO hyperce; CTO kingsley Air USA;cofounder Menzz)