काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामा भोटेले १००० र ५०० को नेपाली नोटमा भगवान गौतम बुद्धको तस्बिर राख्न माग गरेकी छन् ।
बिहीबार बसेको संसद् बैठकको शून्य समयमा बोल्दै उनले बुद्धको प्रचार प्रसारका लागि नेपाली नोटमा उनको तस्बिर राखुनपर्ने बताईन् । उनले भने, ‘नेपाली रुपैयाँ पाँच सय र एक हजारको नोटमा भगवान बुद्धको तस्वीर राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’