Logo

हाम्रो पार्टी नेपालद्वारा समसामयिक समस्याका बारेमा आयोजित अन्तरक्रिया सम्पन्न (भिडिओसहित)



काठमाडौं, २५ जेठ । हाम्रो पार्टी नेपालको ‘अस्थिर राजनीतिक अवस्थाले उब्जाएको सुरक्षा चुनौति, संस्थागत भ्रष्टाचार, बढ्दो जातीय तथा धार्मिक असहिष्णुता, समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रबार) हाम्रो पार्टी नेपालले रिपोर्टर्स क्लब नेपालमा विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम चलाएको हो ।

कार्यक्रम प्रस्तोता गोविन्द बोहराले देशमा अहिले देखिएका जटिल समस्याहरुको समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । पार्टी घोषणा गरेपछि देशका विभिन्न ठाउँमा जाँदा आम नागरिकहरुको धारणा अहिलेको दल र संविधानबाट देश अगाडि बढ्न सक्दैन भन्ने पाइएको उनले बताए । देश र जनताको आवाज नेताहरुले सुनेनन्, अबको नेतृत्व र निकास के ? भन्ने आम जन चासो रहेको आफूहरुले पाएको बताउँदै उनले अबको परिवर्तन सुरक्षा निकायबाट सम्भव छ भन्ने जनभावना रहेको बताए ।

उनले जनताहरुबाट आएको सुझाव सार्वजनिक गर्न आजको कार्यक्रम आयोजना रहेको बताए । साथै, हाम्रो पार्टी नेपाललाई जनताले एकदमै चासो दिएको पनि उनको भनाइ छ ।

कार्यक्रममा झापा आन्दोलनका नेतृत्वकर्ता एवं राजनीतिज्ञ राधाकृष्ण मैनाली, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, प्रा.डा. विजय मिश्र, समाजशास्त्री प्रा.डा. विष्णु दाहाल, जनार्दन पन्तलगायतको आफ्ना धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्