Logo

कांग्रेस सांसदहरुले संसदीय समितिमा पनि उठाए गिरीबन्धु प्रकरण



काठमाडौं, २५ जेठ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नेपाली कांग्रेस सांसदहरूले गिरीबन्धु टी–इस्टेट प्रकरणमा छलफल चलाउन माग गरेका छन् । आज (शुक्रबार) बसेको बैठकमा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु प्रकरणमा छलफल चलाउन आवश्यक रहेको बताए । उनले गिरीबन्धुमा के कसो भएको हो ? सरकारसँग जवाफ माग्नुपर्ने र सोही आधारमा छलफल अगाडि बढाउनुपर्ने बताए ।

कांग्रेस सांसद केसीले उठाएको प्रसंगमा समितिका सभापति ऋषिकेश पोखरेलले आवश्यक देखिए मन्त्रीलाई नै बोलाएर छलफल चलाउने बताए ।

सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णयलाई नीतिगत भ्रष्टाचारको रुपमा व्याख्या गरेसँग पछिल्लो समय कांग्रेसलेगिरीबन्धु प्रकरण सडकदेखि सदनसम्म निरन्तर रुपमा उठाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्