काठमाडौं, २६ जेठ । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । एमाले नुवाकोट जिल्ला कमिटीको आठौं अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । नेतृत्वका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि पाँचै जना पदाधिकारीका लागि निर्वाचन भएको थियो ।
अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा राजेन्द्ररमण खनाल र सचिवमा शिव चित्रकार निर्वाचित भएका छन् । उपसचिवद्वयमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका हुन् ।