Logo

सहकारी ठगीको आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङका अध्यक्ष लामा कारागार चलान



काठमाडौं । विभिन्न सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका कान्तिपुर सेभिङ सहकारीका अध्यक्ष सीबी लामा कारागार चलान भएका छन् ।

कान्तिपुर सेभिङका पूर्वअध्यक्ष लामालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।

लामा १८ जेठमा चितवनबाट पक्राउ परेका थिए । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको थियो । कान्तिपुर सेभिङमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot