Logo

मधेशमा सरकार विस्तार हुँदै, जनमतका साहले आजै वनमन्त्रीको शपथ लिने



काठमाडौं । मधेश प्रदेश सरकारमा ए जना मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री सतिसकुमार सिंहले सम्हाल्दै आएको वन मन्त्रालयमा जनमत पार्टीका सांसद त्रिभुवन साह मन्त्री बन्ने भएका छन् । सिरहा ४ को १ बाट निर्वाचित सांसद साहले आजै शपथ लिने तयारी भएको छ ।

सत्ता गठबन्धनमा भएको मन्त्रालय बाँडफाँटमा जनमतले मुख्यमन्त्री, एक मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । जनमतबाट सतिश सिंहलाई मुख्यमन्त्री र रञ्जु खंग विनाविभागीय राज्यमन्त्री बनेकी छन् ।

यसअघि शुक्रबार मुख्यमन्त्री बनेका सिंहले १० जनालाई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाउँदै सरकारलाई १४ सदस्यीय बनाएका थिए । साहले मन्त्रीको शपथ लिएपछि प्रदेश सरकारमा १५ जना सदस्य हुनेछ ।



प्रतिक्रिया दिनुहोस्