Logo

ग्रिनल्यान्ड र भ्याली पब्लिकले जिते चौथो हेराल्ड बास्केटबल प्रतियोगिताको उपाधि



काठमाडौ, जेठ २८ । चौथो हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्यान्ड र भ्याली पब्लिकले जितेका छन्। ग्रिनल्यान्ड ब्वाइज र भ्याली पब्लिक गर्ल्समा च्याम्पियन भए । आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले ड्रिम अनलाई १९–१८ ले पराजित गर्‍यो । गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १५–८ ले हरायो ।

दुवै समूहका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ तथा गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई हेराल्डका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली, सिफ्ट तथा इसीए इन्चार्ज मदनप्रसाद फुयाल, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot