Logo

प्रधानमन्त्री प्रचण्डविरुद्ध खनिए रेशम चौधरी, नेताहरुले घरमा आगो लगाइदिन खोजेको आरोप



काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राजनीतिक दलहरुले आफ्नो घरमा आगो लगाइदिएको आरोप लगाएका छन् । आज (बुधबार) नेपाल समाजवादी पार्टीले आफ्नो स्थापना दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलका केही नेताहरुले खासखास खुसखुस गरेर आफ्नो घरमा फाटो ल्याउन खोजेको बताए । उनले राजनीतिक दलका नेताहरुको नैतिकतामाथि पनि प्रश्न उठाए ।

‘दुई÷चार महिनादेखि त हाम्रो घरमा आगो पनि लगाइदिए । लोग्ने–स्वास्नीका बीचमा खासखास खुसखुस गरेर फाटो ल्याउने राजनीतिक दलले मुलुकको विकास गर्लान् । कस्तो नैतिकता यो ?’ उनले प्रश्न गरे ।

साथै, उनी प्रधानमन्त्रीविरुद्ध पनि खनिएर । प्रधानमन्त्री प्रचण्डविरुद्ध आक्रोश पोख्दै उनले गीतमा मोडल बनाउन मन लागेको टिप्पणी गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको कुनै चासो नरहेको बताए । प्रधानमन्त्री बडो फुर्सदमा रहेको पनि उनले टिप्पणी गरे । प्रधानमन्त्रीसँग खिचेको फोटोलाई लिएर पनि उनले आपत्ति जनाए ।

‘हाम्रो देशको प्रधानमन्त्रीको फेरि बडा फूर्सद । मलाई त गीतको मोडलमा खेलाउन मन लागेको छ प्रधानमन्त्रीलाई । देशको विकास, जनताको अवस्था के छ ? के छ ? क्लिक, क्लिक फोटो, ट्याक्क, ट्याक्क पोष्ट । अरे बाबा !’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot