Logo

प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टा मिटिङ गरेर बाहिरिएका ओलीले भने, ‘छलफल राम्रो भयो’



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज (बुधबार) प्रधानमन्त्री भेट्न सिंहदरबार आएका ओली–प्रचण्डबीच डेढ घण्टा लामो छलफल भएको थियो । सो भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनको बारेमा छलफल भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि एमालेले एक जना मन्त्री फिर्ता बोलाउनुपर्ने प्रचण्डको अडान छ । एमाले अध्यक्ष ओलीले भने अहिले आफ्ना कुनै मन्त्री पनि फिर्ता नबोलाउने अडान कायमै राखेका छन् ।

डेढ घण्टा लामो छलफलपछि बाहिरिएका ओलीले प्रचण्डसँगको छलफल राम्रो भएको प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुले बैठकका बारेमा राखेको जिज्ञासामा जवाफ दिँदै ओलीले भने, ‘छलफल राम्रो भयो ।’ File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot