Logo

ऐन नियमअनुसार आए टिकटकप्रति सरकारको आपत्ति नरहने



काठमाडौं । सरकारले ऐन र नियमलाई टेकेर सञ्चालनमा आए टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालमाथि सररकारले कडाइ नगर्ने प्रष्ट पारेको छ ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, सुशासन र आर्थिक समितिको बैठकमा बोल्दै सरकारका प्रवक्तासमेत रहेकी सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नियमाअनुसार आए टिकटकप्रति आपत्ति नहुने प्रष्ट पारिन् ।

‘हामीले टिकटक, मन्त्रिपरिषदबाट नै निर्णय गरेर बन्द गरेका हौं। अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ,’ उनले भनिन्,‘हामीले बन्द गरेको त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot