Logo

मेटमणिको प्रस्तावः सबै जमिन राज्यको बनाऔं



काठमाडौं, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमािण चौधरीले सबै जमिन सरकारको नाममा ल्याउन उपयुक्त हुने धाररणा राखेका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सबै जमिन सरकारको मातहतमा ल्याउने नीति बनाउनुपर्ने आवश्यत्ता औंल्याएका हुन् । उनले अहिले जमिनप्रति मानिसहरुको मोह भंग भइरहेको र जमिनबाटै शोषणसमेत भइरहेको उनको भनाइ छ ।

‘दिनप्रतिदिन जमिनप्रति मानिसहरुको मोहभंग भइरहेको छ। …महंगी बढेको छ, mउत्पादकत्व क्षमतामा कमी आएको छ । यी सबैको एउटै निष्कर्ष के हो भने सबै जमिन सरकारको बनाउने,’– चौधरीले भने ।

व्यक्तिगत रुपमा जमिन राख्ने व्यवस्थाले जनतामा गरिबी कायमै रहेको, जीवनशैली असहज बनेको, वास्तविक किसानले श्रमको मूल्य पाउन नसकेको र उत्पादकत्वमा कमी आई महँगी बढेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्