Logo

मन्त्री खोज्दै सदनमा कड्किएका अमरेशलाई कांग्रेसको साथ



काठमाडौं,३२ जेठ । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा विभिन्न ४ मन्त्रालयमाथिको बजेटगत छलफल चलिरहेको छ । शुक्रबारको बैठकमा खानेपानी, संस्कृति पर्यटन तथा नागरिक उड्यन, सञ्चार प्रविधि तथा सूचना र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भईरहेको छ ।

आजको बैठकमा सञ्चारमन्त्री रेखा शर्मा र खानेपानी मन्त्री राजेन्द्र राई अनुपस्थित भएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदनमै कड्किएका छन् । विभिन्न मन्त्रालयको खर्च कटौती गरेर एक रुपैंया कायम गरिओस् भन्ने प्रस्ताव राखेका सिंहलाई आफ्नो प्रस्ताव राख्दै छलफलमा भाग लिन सभामुख देवराज घिमिरेले समय दिएका थिए ।

सभामुख घिमिरेले ७ मिनेटको समय दिएपछि बोल्न राष्ट्रममा पुगेका उनले सुरुमै दुई मन्त्री नआएको भन्दै आपत्ति जनाए । मन्त्रीबिना नबोल्ने भन्दै अड्डि लिए ।

उनले भने, ‘उहाँ खानेपानी र सञ्चार मन्त्री हुनुहुन्न कहाँ हुनुहुन्छ ? चार मन्त्रालयको छलफल छ दुईवटा मन्त्रालयको मात्रै गरौँ दुईको अर्को दिन गरौँ। बिनामन्त्री कसरी छलफल हुन्छ ।’

उनले छलफलमा मन्त्री खोजेपछि सभामुख देवराज घिमिरेले सिंहलाई रोक्न आग्रह गर्दै भने, ‘मन्त्रीजीहरु यही परिसरभित्रै हुनुहुन्छ ? आइदिनुस् भन्छन् ।’

सभामुखले यसो भनिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपाी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्री अनुपस्थित हुने सांसदले दुस्ख पाउनुपर्ने भन्दै नियमापत्ति गरे ।

उनले भने, ‘हामी ५-६ घण्टासम्म छलफलमा छौँ। मन्त्रीजीहरू पनि लगातार बस्न गाह्रो भएको छ। किन नियम संशोधन गर्नपर्‍यो। माननीय वक्तालाई अडाइराख्ने फेरि बेठिक हो। त्यो होइन। बरु मन्त्रीहरूलाई आलोपालो गर्नुपर्‍यो। मन्त्री अनुपस्थित हुने माननीयले दुख पाउनुपर्ने यो उल्टो भयो जस्तो लागेको छ। यो करेक्सन गर्नुपर्‍यो।’

त्यसपछि रोष्ट्रममा उभिएर मन्त्री खोजिरहेका सांसद सिंहले आफूले बोकेको समय मात्रै काट्न आग्रह गरेका थिए । लगत्तै सभामुखले यो परिस्थितप्रति गम्भीर ध्यानाकर्षण भएको सदनलाई जानकारी गराए ।

उनले भने,‘यसलाई व्यवस्थित गर्नको लागि माननीय सदस्यहरू सबैले ध्यान केन्द्रित गर्नको लागि अनुरोध गर्छु। यो परिस्थिति आउन नदिन सबैलाई सहयोगको अपेक्षा गर्छु। मन्त्री आएपछि छलफल अगाडि बढ्छ।’

सदनमा सभामुखले ध्यानाकर्षण भएको जानकारी गराउँदै गर्दा मन्त्रीहरू छलफलमा प्रवेश गरेपछि बैठक अगाडि बढेको छ।

सिंहको विरोधलाई पहिलो पटक नेपाली कांग्रेसले साथ दिएको छ । विगतमा कांग्रेसमै रहेका सिंहले गत निर्वाचनमा मात्र कांग्रेस परित्याग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot